प्रदेशसभाका विषयमा काँग्रेस पर्ख र हेरको अवस्थामा
काठमाडौँ : नेपाली काँग्रेसले बाग्मती र प्रदेश १ प्रदेशसभामा नेकपा दाहाल नेपाल पक्षले राखेको अविश्वास प्रस्तावमा पार्टीको धारणा तय गर्न आजपनि छलफल गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज भएको छलफलमा कुनै निर्णय भने नभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरूले बाग्मती प्रदेश समितिका सदस्यसँग छलफल गरेर उनीहरूको धारणा लिएपनि निर्णय नभएको पौडेलले बताए।
छलफलमा प्रदेशको निर्णय गर्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिनुपर्ने र पौडेलले नीतिगत रूपमै निर्णय गरेर जानुपर्ने धारणा राखेका छन्।
तर, मुख्य सचिव पौडेलले भने प्रदेश सभाको विषयमा काँग्रेस पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले उचित समयमा उचित निर्णय लिने बताए।
काँग्रेस सभापति देउवाले केहीदिन अघि प्रदेश १ का सदस्यहरूसँग छलफल गरेका थिए।
माघ ९, २०७७ शुक्रबार १४:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।