काठमाडौँमा नेकपा दाहाल–नेपाल समूहको विरोध प्रदर्शन
काठमाडौँ : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
उपत्यकाका माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बालमिकी क्याम्पस लगायतका स्थानबाट सुरु भएको विरोध जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत हुँदैछ।
जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दाहाल–नेपाल समूहको हिजो बिहीबारको बैठकले केन्द्रीय सङ्घर्ष समितिको अगुवाइमा काठमाडौँमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।
प्रदर्शनमा प्रदेश, जिल्ला र मोर्चा सङ्गठनबाट कार्यकर्ता तथा नेताहरू सहभागी भएका नेकपाको दाहाल–नेपाल समूहले जनाएको छ।
माघ ९, २०७७ शुक्रबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।