सशस्त्र प्रहरी बलको २० औ स्थापना दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाडौँ : आज सशस्त्र प्रहरी बलको २० औ स्थापना दिवस, विभिन्न कार्यक्रम गरेर मनाइदैछ। स्थापना दिवसको अवसरमा बिहान सशस्त्र प्रहरी बलले हल चोकको स्मृति बाटिका सहिदहरूको सम्मानमा माल्यार्पण गरेको छ।
दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले १२ जना अशक्त व्यक्तिलाई ३ पाङ्ग्रे स्कुटर प्रदान गरेका छन्।
महानिरीक्षक खनालले अप्रेसन, तालिम र प्रकोप उद्धारमा खटिएका उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण गरेका सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए। महानिरीक्षक खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन निर्देशन दिए।
नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोष्ट १ बर्षभित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १९९ वटा स्थापना भइसकेको महानिरीक्षक खनालले जानकारी दिए।
दिवसको अवसरमा आज बेलुकीसम्म नै सशस्त्र प्रहरी बल हल चोकमा विभिन्न कार्यक्रम हुने अर्यालले जानकारी दिए।
माघ ९, २०७७ शुक्रबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।