नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै 

नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै 

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल-नेपाल समूहले आज (शुक्रवार) काठमाडौँ शक्ति प्रदर्शन गर्ने जनाएको छ।

उपत्यकाका विभिन्न ठाउँहरूबाट आज हुने प्रदर्शनमा पार्टी स्थायी समितिका सदस्यहरुले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बालमिकी क्याम्पस लगायतका स्थानबाट नेतृत्व गर्ने छन्।

यस्तै विभिन्न स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने र उक्त जुलुस फेरि रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिद गेट, सुनधारा हुँदै भृकुटीमण्डपको विरोध सभामा सामेल हुनेछ।

भृकुटीमण्डपमा हुने विशाल विरोध सभामा नेकपाका अध्यक्ष तथा केन्द्रीय सदस्यहरूले सम्बोधन गर्ने नेकपा दाहाल-नेपाल समूहले जनाएको छ।

माघ ९, २०७७ शुक्रबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।