काठमाडौंमा सात किलो पाँचऔंलेसहित पुरुष पक्राउ
सांकेतिक तस्बिर।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार काठमाडौं महानगरपालिका-३, महाराजगन्जबाट प्रतिबन्धित वन पैदावर पाँचऔंलेसहित ओखलढुंगा, सिद्धिचरण नागरपालिका-२ का ३१ वर्षीय सागर दाहाललाई पक्राउ परेका हुन्।
अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको अवस्थामा उनलाई ३ हजार ५ सय १५ वटा पाँचऔंलेसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
उनलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौंमा पठाइएको छ।
माघ ८, २०७७ बिहीबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।