सात महिला सैनिक, जसले बनाए इतिहास

सात महिला सैनिक, जसले बनाए इतिहास

उनी जस्तै अन्य ६ महिला सैनिक पनि छन् सङ्गठनमा जसको नाममा रेकर्ड छ। २०२६ सालमा प्राविधिक सहायक सेनानी अन्नपूर्ण कुँवरको नाममा प्यारा जम्प गर्ने पहिलो महिला अधिकृतको रेकर्ड छ। 

२०५६ सालमा उप सेनानी सरिता केसी युनिफिलमा अन्य महिला सैनिक परिचारिकासहित सहभागी हुने पहिलो महिला अधिकृतको रेकर्ड छ।

२०७२ मा सह सेनानी कृति राजभण्डारी संयुक्त राष्ट्र सङ्घमा लियाजन अफिसरको रूपमा सहभागी हुने पहिलो महिला सैनिक प्रहरी भइन्।

२०७४ मा सेनानी सृष्टि खड्का पहिलो महिलाहरूको युनिट श्री गोरखकाली गुल्मको पहिलो गुल्म पति बनेकी थिइन्।

२०७४ मा सेनानी गीता गुरुङ राष्ट्र सङ्घको एक युनिटको पहिलो युनिट  कमान्डर भएकी थिइन् भने २०७५ मा सेनानी सुलोचना पौडेल सैनिक कमान्ड तथा स्टाफ तालिम सम्पन्न गर्ने पहिलो महिला अधिकृत भएकी थिइन्। 

सेनामा हाल पाँच हजार हाराहारीमा महिला सैनिक छन्। सेनाले २०१७ बाट प्राविधिक पदमा महिलाको भर्ना लिन थालेको थियो।

साधारण अधिकृतमा २०६१ बाट भर्ना लिन थालेको सेनाले २०६७ बाट हवाई सेवामा महिलालाई खुल्ला गरेको थियो।

२०७४ देखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएको थियो।

 

माघ ८, २०७७ बिहीबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।