मेलम्चीकी राधिका बनिन् प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम पास गर्ने पहिलो महिला सैनिक
कात्तिक १८ देखि माघ ६ सम्म भएको तालिममा उनी सफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।
२०६९ असार १५ मा सैन्य दर्जामा भर्ना भएकी उनी सैन्य आधार तालिमपछि शिक्षालयमा कार्यरत छिन्। जङ्गल युद्धकला तालिम उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा मानिन्छ।
यो तालिम तीन महिनासम्म चल्छ। तालिममा जङ्गल नेभिगेसन, धराप निर्माण, जङ्गल सर्भाइभल टेक्निक, सर्प दंश व्यवस्थापन लगायतका सैनिक ज्ञान र सीपहरू सिकाइन्छ ।
माघ ८, २०७७ बिहीबार १८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।