संसद् विघटनविरुद्धको मुद्दा : आज ६ जनाले गरे बहस, फेरि हेर्दाहेर्दैमा 

संसद् विघटनविरुद्धको मुद्दा : आज ६ जनाले गरे बहस, फेरि हेर्दाहेर्दैमा 
फाइल तस्बिर।

आज अधिवक्ताहरू ओमप्रकाश  अर्याल, टीकाराम भट्टराई र ठगेन्द्र गिरि तथा निवेदकहरू संवृत खरेल, सुलभ खरेल, ज्ञानेन्द्र राज आरण र गुणनिधि न्यौपाने बहस गरेका हुन्। 

बहस नसकिएपछि आज पनि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। उक्त मुद्दा केही दिनयता हेर्दाहेर्दैमा राखिँदै आइएको छ। 

बहसका क्रममा अधिवक्ता भट्टराईले संसद् विघटनको मुद्दा अदालतमा कहिल्यै नआउने गरी आदेश दिन माग गरेका छन्। उनले शासकीय सत्ता आफूबाहेकमा छैन भन्ने मानसिकताले अहिलेको स्थिति सिर्जना भएको बताए। साथै उनले संसद् विघटन असंवैधानिक र बलजफत गरिएको बताए। 

अन्य बहसकर्ताले भने विभिन्न तर्क दिँदै प्रतिनिधिसभा पुनःस्थापना गरियोस् भन्ने माग राखेका थिए। 

वकालतनामा ढिलो बुझाएको भन्दै अधिवक्ता वसन्त रिमालले बहस गर्न पाएनन्। रिट निवेदकको तर्फबाट बहस गर्न आएका उनलाई बहस गर्न नदिई फर्काइएको थियो। 

माघ ८, २०७७ बिहीबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।