पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो, तर अझै घाटा
मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पुगेको छ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने बढाएको छैन। मूल्य बढाउँदा पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजेलमा २ रुपैयाँ ९६ पैसा घाटा हुने निगमको दाबी छ। एसपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ घाटा रहेको निगमको दाबी छ।
अर्धमासिक रूपमा करिब ४९ करोड घाटा हुने निगमको अनुमान छ।
माघ ५, २०७७ सोमबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।