प्रतिनिधिसभा विघटनविरुद्धको रिट : दुई अधिवक्ताको मात्र बहस, आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिट : दुई अधिवक्ताको मात्र बहस, आज पनि हेर्दाहेर्दैमा

निवेदकको तर्फबाट भएको रिट निवेदनको सुनुवाइमा वरिष्ठ अधिवक्ताद्वय दीनमणि पोखरेल र  सरोजकृष्ण घिमिरेले मात्र आज बहस गर्न भ्याए।  

यससँगै प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ अझै हप्तौं लम्बिने देखिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन्। 

यसविरुद्धको रिटको बहसका लागि १ सय ८८ कानुन व्यावसायीले वकालतका लागि नाम लेखाएका छन्। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन्।

सोमबारको बहसमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरू सिन्हा र प्रधानले सवालजवाफ गरेका थिए।

माघ ५, २०७७ सोमबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।