बैंकिङ कसुर मुद्दामा फरार तीन जना पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार तीन जना पक्राउ

पक्राउ पर्नेमा चितवन, भरतपुर महानगरपालिका–१४, हनुमाननगरका ५१ वर्षीय रामबहादुर अधिकारी, काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ चिसापानीका ३१ वर्षीय सुवास थापा र गोरखा, गण्डकी गाउँपालिका–२ का २९ वर्षीय विष्णु अंगाई छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलाई चितवनका विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

बैकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत, पाटनले उनीहरूलाई विभिन्न मितिमा कैद तथा जरिवाना सुनाएको थियो। रामबहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रूपैयाँ, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रूपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रूपैयाँ जरिवाना गराइएको थियो। 

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत, चितवनमा पेश गरिएको ब्युरोले जनाएको छ।

माघ ५, २०७७ सोमबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।