बैङ्किङ कसुर मुद्दामा फरार रहेका तीन जना पक्राउ
चितवन भरतपुर महानगरपालिका १४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौँ चन्द्रागिरि नगरपालिका २ चिसापानी ठेगाना भएका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका २ ठेगाना भएका २९ वर्षीय विष्णु अंगाई पक्राउ परेका छन्।
बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनले राम बहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ जरिवाना, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।
उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत चितवनमा पेस गरिएको ब्युरोले जनाएको छ।
माघ ५, २०७७ सोमबार १३:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।