नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज, यी विषयमा गरिँदैछ छलफल

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज, यी विषयमा गरिँदैछ छलफल

काठमाडौं : नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको राजधानी नयाँदिल्लीमा आज (शुक्रबार)बाट सुरु हुँदैछ। 

हैदरावाद हाउसमा आज ११:३० बजे सुरु हुने बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने छन्।

बैठक तीन दिनसम्म चल्नेछ। बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, पूर्वाधार, ऊर्जा, कोभिड-१९ सहकार्य, पारवहन, कनेक्टिभिटी, कृषि, पर्यटनलगायत विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नयाँदिल्ली गएका थिए। उनी बैठक सकेर शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

माघ २, २०७७ शुक्रबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।