भूकम्प सुरक्षा दिवस आज मनाइँदै, भक्तपुरको बोडेमा मूल समारोह
काठमाडौं : २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज (शुक्रबार) मनाइँदै छ।
‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइन लागिएको हो।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबोडेस्थित कुमारी मन्दिर परिसरमा आयोजना गरिने भएको छ।
उक्त समारोहमा गृहमन्त्री रामबहादुर थापा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका कारण देशका कतिपय ठाउँमा अनलाइनमार्फत कार्यक्रम गरिने बताइएको छ। यस्तै, कतिपय ठाउँमा भने स्वास्थ्य मापदण्ड पूरा गरी कार्यक्रम सञ्चालन हुनेछन्।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते मनाउने गरिन्छ। सरकारले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा यो दिवस मनाउँदै आएको छ।
माघ २, २०७७ शुक्रबार ०९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।