औषधीजन्य लागुऔषधसहित युवक पक्राउ 

औषधीजन्य लागुऔषधसहित युवक पक्राउ 

काठमाडौं : काठमाडौं नागढुंगास्थित चेकपोस्टबाट लागुऔषधसहित पुरुष पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसरका अनुसार सिन्धुपाल्चोक, ठूलोसिरवारी गाउँपालिका–१३ का २३ वर्षीय उमेश गहतराज आज (बिहीबार) पक्राउ परेका हुन्। 

नागढुंगास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा गहतराजको झोलामा लागुऔषध भेटेपछि पक्राउ गरेको परिसरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

माघ १, २०७७ बिहीबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।