नेता पक्राउको विरोधमा विप्लवले नेपाल बन्द गर्ने

नेता पक्राउको विरोधमा विप्लवले नेपाल बन्द गर्ने

काठमाडौँ : काठमाडौँ  आफ्नो नेता पक्राउ गरेको विरोधमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ।

पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत रहेका चक्रप्रसाद बास्तोला ‘कञ्चन’ बुधवार बालुवाटारबाट पक्राउ परेका थिए।

पार्टीका तर्फबाट विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न माग गर्दै माघ ३ देखि माघ १० गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

घोषित कार्यक्रम अनुसार माघ १० गते नेपाल बन्दको घोषणा गरिएको छ।

माघ १, २०७७ बिहीबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।