मुद्दा मिलाइदिने भन्दै ९० हजार रूपैयाँ मागेको आरोपमा पक्राउ
काठमाडौं : मुद्दा मिलाइदिने भन्दै ९० हजार रूपैयाँ मागेका आरोपमा पुरुष पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसरका अनुसार मकवानपुर, टिष्टुङ पालुङ नगरपालिका–१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलान आज (बिहीबार) बिहान ७ः३० मा पक्राउ परेका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१५, स्वयम्भूबाट पक्राउ गरिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाइदिन्छु भनी पीडित पक्षसँग ९० हजार रूपैयाँ माग गरेको आरोप लागेको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ १, २०७७ बिहीबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।