नेकपाका दुवै समूहको स्थायी समिति बैठक आज

नेकपाका दुवै समूहको स्थायी समिति बैठक आज

संसद् विघटन विरुद्धको आन्दोलनको रणनीति बदल्न पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहको बैठक बस्न लागेको हो। बैठक पेरिसडाँडामा दिउँसो ३ बजे बस्दैछ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि पुष्पकमल दाहाल र माधव नेपाल समूह आन्दोलनमा छ।

सडक आन्दोलनपछि भेला र प्रशिक्षणमा केन्द्रित यो समूहले आजको बैठकबाट सडक आन्दोलनको कार्यक्रम तय गर्ने तयारी गरेको छ।

स्थायी समिति बैठकअगाडि दाहालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरेको सार्वजनिक भइसकेको छ।

आजै केपी शर्मा ओली समूहको पनि स्थायी समिति बैठक बस्दैछ। उक्त समूहको बैठक बालुवाटारमा बस्ने भएको हो।

माघ १, २०७७ बिहीबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।