मन्त्रीका ‘हराएको’ म्याकबुक भेटियो

मन्त्रीका ‘हराएको’ म्याकबुक भेटियो

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकमा भने अधिकांश मन्त्रीको टेबलमा म्याकबुक देखियो। तर प्रधानमन्त्री केपी शर्मा ओली भने म्याकबुकविहिन थिए। मन्त्रीपरिषद्को बैठकलाई पेपरलेस बनाउने भन्दै प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्रीसहित सबै मन्त्रिहरुलाई म्याकबुक बाँडेको थियो।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकमा पनि ९ जना मन्त्रीहरू देखिएनन्। उपप्रधानमन्त्री ईश्वर पोखरेल नै मन्त्रिपरिषद्को बैठकमा देखिएनन्। प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा उनको तस्बिर खाली छ। 

मन्त्रिपरिषद्को बैठकमा १० मन्त्री गयल, म्याकबुक 'हरायो'

 

गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, प्रभु शाह, कृष्ण गोपाल श्रेष्ठ, पार्वत गुरुङ लगायतका मन्त्रीहरू भने बैठकमा उपस्थित थिए।

 

पुष २९, २०७७ बुधबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।