एमसीसी पर्खेर नबसौं, छिटोभन्दा छिटो टुंग्याउँ : मन्त्री रायमाझी
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रायमाझिले ऊर्जा क्षेत्रको विकासको निम्ति नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पर्खेर बस्ने अवीथा नभएको भन्दै छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताएका हुन्।
‘एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको छ। यो नेपालको हितमा छ, तर एमसीसीमा विवाद उत्पन्न भएको अवस्था छ। यस्तो अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि हामीले एमसीसी पर्खेर बस्न हुँदैन,’ उनले भने।
उनले विद्युत् खपत र निर्यात गर्नुपर्ने अहिलेको जल्दोबल्दो आवश्यकता रहेकोे एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्नेमा जोड दिए।
साथै मन्त्री रायमाझीले विद्युतभार बढी भएको र कमजोर संरचनाका कारण बेला बेला विद्युत जाने समस्या भएको स्पष्ट पारे।
पुष २९, २०७७ बुधबार २१:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।