स्वास्थ्यमन्त्रीको दाबी कोरोना खोप चाँडै आउँछ, तर मिति भन्न सकेनन्

स्वास्थ्यमन्त्रीको दाबी कोरोना खोप चाँडै आउँछ, तर मिति भन्न सकेनन्

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले २ महिनाभित्र खोप आउन सक्ने सङ्केत भने गरे।

उनले निजी क्षेत्रलाई पनि खोप खरिदमा सहभागी गराउने मनसाय राख्दै भने ' हामीले खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई अलग राख्न चाहेका छैनौँ ।'

उनले खोप अरू देशसरह नै छिटोभन्दा छिटो ल्याइने दाबी गर्दै खोप वितरणमा फ्रन्टलाइनमा काम गर्नेहरू,  दीर्घ रोगी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेको बताए।

उनले खोप ल्याउन आन्तरिक तयारी सकिएको बताए। तर मिति तय नभएको पनि लुकाएनन्।

कहिले भन्ने प्रश्नमा उनले भने 'दक्षिण एसियाका अरू देशमा जहिले आउँछ, नेपालमा पनि त्यही बेला आउँछ ।’

विभागीय मन्त्रीले खोप ल्याउने दाबी गरे पनि त्यसका लागि चाहिने स्रोत भने अझै तय भएको छैन।

पुष २७, २०७७ सोमबार २३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।