अझै बनेन गोरखा दरबार
यो अवधिमा दुई पटक थपिएको सम्झौताको म्यादसमेत सकिसकेको छ।
तर, अहिलेसम्म ७० प्रतिशत मात्रै काम सम्पन्न भएको पुरातत्व विभाग अन्तर्गतको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। निर्माण सामग्री अभाव र ठेकेदारको ढिलासुस्तीले तोकिएको समयमा काम पूरा हुन सकेको नसकेको उनको भनाइ छ।
अहिले दरबारको दोस्रो तलाको काम भइरहेको छ। दरबारको आँखीझ्याल, रेलिङ राख्ने लगायत काम भइरहेको उनले जानकारी दिए।
२०७२ वैशाखको भूकम्पमा क्षतिग्रस्त भएको गोरखा दरबारको अढाई वर्षपछि पुनःनिर्माण सम्झौता गरिएको थियो।
२०७४ कात्तिक २९ गते पुरातात्व विभाग र पचली भैरव/शिभाको जेभीबीच ४ करोड ३७ लाख रूपैयाँमा दरबार पुनःनिर्माणको सम्झौता गरिएको थियो।
सम्झौता अनुसार ठेकेदार कम्पनीले २०७६ मंसिरमा काम सक्नुपर्ने थियो। तर, तोकिएको समयमा काम पूरा भएन। त्यसपछि ६/६ महिना गरी दुई पटक सम्झौताको म्याद थपिएको थियो।
तोकिएको समयमा पुनःनिर्माण नगर्ने ठेकेदार कम्पनीलाई के हुन्छ ?
उनले ठेकेदार कम्पनीलाई कारबाही गर्ने वा नगर्नेबारे विभागले नै निर्णय गर्ने बताए।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दरबार पुनःनिर्माणमा ढिलासुस्ती भएको भन्दै ठेकेदारलाई स्पष्टीकरण सोधेको थियो।
तत्कालीन गोरखा राज्यका चौथो शाह वंशीय राजा राम शाहदेखि नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहले यही दरबारबाट शासन चलाएका थिए।
पुष २७, २०७७ सोमबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।