‘राष्ट्रिय एकताको सामूहिक भावप्रति सरकारको व्यवहार उल्टो देखियो’

‘राष्ट्रिय एकताको सामूहिक भावप्रति सरकारको व्यवहार उल्टो देखियो’

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ का अवसरमा आज (सोमबार) निकालिएको र्यालीमाथि प्रहरीले ज्यादती गरेपछि उनले ट्विटमार्फत् सरकारप्रति आक्रोश पोखेकी हुन्। 

‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ। तर, उसको व्यवहार ठीक उल्टो देखियो। पृथ्वीनारायणको सालिकअगाडि नै सरकारको यो आपत्तिजनक कार्य ?’ उनले ट्विट गरेकी छन्। 

उनले र्यालीका क्रममा प्रहरीलाई पानीको फोहोरा र अश्रुग्याससहित तैनाथ गरिएको भन्दै सरकारप्रति रोष प्रकट गरिन्। ‘पानीको फोहरा र टियर (अश्रु) ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने सरकार के नेपालीको सरकार नै हो ?’ उनले लेखेकी छन्।

पुष २७, २०७७ सोमबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।