काठमाडौंमा राजावादी पक्षधर र प्रहरीबीच झडप
सिंहदरवारतर्फ अघि बढिरहेको र्यालीलाई निषेधित क्षेत्रमा जान रोकेपछि राजावादी पक्षधर र प्रहरीबीच झडप भएको हो। सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणको लागि र्यालीका सहभागी त्यसतर्फ गइरहेका थिए।
.jpg)
झडपका क्रममा प्रहरीले लाठीचार्ज गर्दा प्रदर्शनकारी घाइते भएका छन्।
त्यसक्रममा प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘अखण्ड नेपाल जिन्दावाद’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राष्ट्रिय एकता जिन्दावाद’, ‘पृथ्वीनारायण शाह अमर रहुन्’ लगायत नारा लगाएका थिए। इरहेका छन्।
त्यसअघि राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहका ‘दिव्योपदेश’ लेखिएका तस्बिर बोकेका प्रदर्शनकारीहरूले हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको माग गर्दै सडकमा नाचगान गरेका थिए।
पुष २७, २०७७ सोमबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।