सोमबार २३ चैत, २०८२
निर्वाचनको काम रोक्न माग गर्न दाहाल–नेपाल आयोगमा
उनीहरू निर्वाचन आयोगमै पुगेर निर्वाचनको तयारी सम्बन्धी गतिविधि रोक्न माग गरेका हुन्। दाहाल र नेपाल केही स्थायी समिति सदस्यसहित आयोग कार्यालय पुगेका थिए।
आयोगले केही दिन अगाडि आधिकारिकता सम्बन्धी विवादबारे केपी ओली समूहसँगै दाहाल र नेपाल समूहलाई समेत पत्र पठाएको थियो।
उनीहरूले सो बारे समेत पार्टीको पत्र बुझाएर आफू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। नेताहरूले आयोगले पत्रमा उल्लेख गरेको भाषा प्रति समेत असहमति जनाएका छन्।
पुष २७, २०७७ सोमबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।