दाहाल–नेपाल समूहको ओलीलाई चेतावनी– पूर्व प्रधानन्यायाधीहरुलाई नधम्क्याउनु

दाहाल–नेपाल समूहको ओलीलाई चेतावनी– पूर्व प्रधानन्यायाधीहरुलाई नधम्क्याउनु

उक्त समूहको आइतबार बसेको सचिवालय बैठकले आम नागरिकको हैसियतमा बोलेका पूर्व प्रधानन्यायाधीहरुलाई प्रधानमन्त्रीले सार्वजनिक मन्तव्यमार्फत् धम्की दिएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको हो। 

बैठकपछि प्रवक्ता नारायकाजी श्रेष्ठले पूर्व प्रधानन्यायाधीशहरुले बोल्दा प्रधानमन्त्रीले ओलीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको र भर्त्सना गरेको बताए।

प्रतिनिधिसभा विघटनका विषयमा पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार वक्तव्य जारी गर्दै यो असंवैधानिक कदम भएको बताएका थिए।

यस्तै आइतबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले केही समययता प्रदर्शन गरेको चरित्र अधिनायकवादी र निरंकुश भएको भन्दै यसलाई तत्काल रोक्न चेतावनी दिने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा जनताको आवाजको प्रतिनिधित्व गर्ने थलोको रुपमा रहेको राष्ट्रियसभा अचानक बन्द भएकोमा आफ्नो समूहको विरोध रहेको श्रेष्ठले जानकारी दिए। ओलीले पछिल्ला हरेक अभिव्यक्तीमा पूर्व प्रधानन्यायाधीशहरुलाई धम्क्याउँदै आएका छन्।
 

पुष २६, २०७७ आइतबार २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।