वयलगाडामा प्रधानमन्त्री ओलीको पुत्ला चढाएर विरोध
काठमाडौं लगायत देशका बिभिन्न स्थानमा नेकपा पुष्पकमल दाहाल–नेपाल समूह निक अनेरास्ववियूका विद्यार्थीले वयलगाडा बनाएर ओलीको विरोध गरेका छन्। काठमाडौंमा निकालिएको वयलगाडा र्यालीमा प्रहरीले हस्तक्षेतसमेत गरेको छ। 
प्रधानमन्त्री यस्तै प्रधानमन्त्री ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै धनगढीमा पनि वयलगाडा र्याली निकालिएको छ।
२०६२/०६३ सालको जनआन्दोलनताका ओलीले ’गणतन्त्र आउनु भनेको वयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले अहिले वयलगाडा जुलुस प्रदर्शन गरेको हो।

पुष २६, २०७७ आइतबार १७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।