राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रियसभाको सातौं चालु अधिवेशन आजबाट अन्त्य भएको छ। 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका छन्।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

आज मध्यरातबाट राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य हुने अध्यक्ष तिमल्सिनाले बताए। पुस १७ गतेबाट राष्ट्रियसभाको सातौं अधिवेशन सुरु भएको थियो।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि र संघीय संसदमा राष्ट्रियसभा मात्र छ।

पुष २६, २०७७ आइतबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।