राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
काठमाडौं : मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिसका गर्ने निर्णय गरेको छ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। आज बसेको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
सिफारिसका आधारमा राष्ट्रपतिले पत्र पठाएर आजै अधिवेशन अन्त्यको घोषणा गर्ने बुझिएको छ। बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको बुझिएको छ। पुष १७ गतेबाट सुरु भएको हिउँदे अधिवेशन यसपटक छिट्टै अन्त्य गर्न लागिएको हो।
त्यस्तै सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराइले बताए। यसअघि माघी र माघेसंक्रान्तिको बिदा कटौती गरिएको थियो।
पुष २६, २०७७ आइतबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।