मलेसियाको जंगलमा गायब भएकी स्कुले बालिकाको कहानी 

मलेसियाको जंगलमा गायब भएकी स्कुले बालिकाको कहानी 
तस्बिर : एएफपी।

लन्डन : लन्डनकी १५ वर्षीया एक स्कुले बालिका नोरा कोरिनलाई मलेसियाको घना जंगलमा खोज्न कुनै समय साढे तीन सयभन्दा बढी मानिस लागेका थिए। 
बालिकाको खोजीमा खटिएका थिए– सेनाका जवानदेखि आम स्वयंसेवकसम्म। 

बालिकाको खोजीका लागि उनकी आमाको रेकर्डेड आवाज प्रयोग गरिएको थियो, ताकि बालिका आफ्नी आमाको आवाज सुनेर कहीँबाट आउन्। तर, यो प्रयास पनि सफल भएन।

सन् २०१९ अगस्त ३ मा साँझ मियाब कोरिन मचानभित्र आफ्नो परिवारसँग कुरा गरिरहेकी थिइन्। यो उनको दुई हप्ता छुट्टीको पहिलो रात थियो। 

उनी आफ्नो परिवारका साथ मलेसियाको राजधानी क्वालालम्पुरबाट ४० मिल टाढा सेरेमवानमा छुट्टी मनाउन गएकी थिइन्। 


नोरा कोरिन आमा मियाब कोरिनसँगै।  तस्बिर : फेमिली ह्यान्डआउट।  

मियाब लामो उडानका कारण थकानले चाडै सुतिसकेकी थिइन्। 

केही घन्टापछि स्थानीय समय अनुसार करिब ७ बजेपछि जब मियाबका फ्रेन्च पति सेबेस्टियन जब आफ्ना तीन बच्चालाई हेर्न कोठामा गए तब नोरालाई देखेनन्। 
उनका बाँकी दुई बच्चा १२ वर्षीय इनस र ८ वर्षीय मोरिस कोठामै थिए। मचानको झ्याल खुलेकै थियो। सम्भव थियो कि नोरा त्यहाँबाट निस्केर कहीँ घुम्न गइन्। 


नोरालाई खोज्दै प्रहरी र खोजी दल।  तस्बिर : इपिए/एटिआर मलेसिया आउट। 

पैथोलोजी टिमले यो कुराको पुष्टि गर्याे कि नोरालाई कुनै प्रकारको शारीरिक हिंसा वा बलात्कारको घटना भएन। तर, यसलाई हल्का तरिकाले उत्पीडनको सम्भावनालाई पूर्णरूपले खारेज गर्न सकिँदैन। 

तर, नोरालाई होलोप्रोसेनफेली नामक एक मानसिक समस्या थियो, जसमा मस्तिष्कको विकासमा वाधा उत्पन्न हुन्छ। 

यसकारण नोरा घुम्न गएकी थिइन् भन्ने यकिन गर्न मुस्किल भइरहेको थियो। 

मियाब तथा सेबेस्टियन नोरालाई खोज्न कयौं पटक मचान तथा रिसोर्टमा पुगे। तर, उनीहरूको प्रयास बेकार गयो। 

उनीहरूले आफ्नी छोरीलाई अपहरण गरिएको आशंका जताएका छन्। 


नोराको शव बरामद भएको ठाउँ, जहाँ प्रहरीले कयौं पटक खोजी गरेको थियो।  तस्बिर : गेट्टी इमेज। 

यसपछि प्रहरीले जंगलको गहिरो छानबिन गरेको थियो। तर, प्रहरीलाई केही हात लागेन। 

नोरा गायब भएको नौ दिनपछि नांगो अवस्थामा उनको शरीर जंगलमा स्वयंसेवकको दलले फेला पारेको थियो। यो ठाउँ रिसोर्टबाट करिब दुई मिल टाढा थियो, जहाँ कोरिन परिवार बसेको थियो। 

सुरुवाती शव परीक्षण रिपोर्ट अनुसार नोरा लामो समयसम्म भोकै रहेका कारण मरेको बताइएको छ। 

यद्यपि, नोराकी आमा भने उनी (नोरा) कसरी त्यहाँ पुगिन् भनिरहेकी थिइन्। 

मलेसियाको अटोर्नी जनरले यो घटनामा कुनै प्रकारको अपराधिक कार्यवाहीको आशंकाबारे इन्कार गरे। 

नोराको परिवारले भने घटनाबारे कानुनी जाँचको माग गरे। परिवार नोरामाथि के भयो भन्ने जान्न अडिग रहे। उनीहरूलाई थाहा थियो कि यो घटनामा कानुनी जाँच अहम हुन सक्छ। 


नोराको बुबा सेबेस्टियन।  तस्बिर : गेट्टी इमेज। 

मलेसियाको प्रहरीले भने नोरा हराइरहेको ठहर गर्याे। साथै यसमा अपहरण र कुनै प्रकारको अपराधिक घटनाबारेको आशंकालाई नकारिरह्यो। 

अनुसन्धानकर्ता अधिकारी इन्सपेक्टर वान फरिदा मुस्तानीले भनेका थिए, ‘सम्भव छ कि ती बालिका बाथरुम जानका लागि निद्रामा उठेकी हुन सक्छिन्। र, नयाँ ठाउँ भएका कारण गल्तीले घरबाट बाहिर निस्केकी हुन सक्छिन्।’

तर, नोराको परिवार यस कुरामा सहमत छैन। 


डुसुन रिसोर्ट। यहाँ सात घर छन्। ती घरमा २० वयस्क मानिस बस्ने ठाउँ छ। तस्बिर : द डुसुन।

मलेसियाको प्रहरीले अनुसन्धानको सुरुवातमा जुन तरिकाले यस घटनाबारे अडान लिएको थियो, त्यसबारे ४५ वर्षीय मियाब असन्तुष्ठ थिइन्। 

सेबेस्टियन भन्छन् कि नोरा गायब भएको रिपोर्ट दिएपछि जब रिसोर्टमा प्रहरी पुग्यो तब उनीहरूले (प्रहरी) घटनालाई गम्भीरतापूर्वक लिएनन्। उनी भन्छन् कि जुन कुकुर लिएर प्रहरी आएका थिए, ती फिट थिएनन्। साथै ती कुकुर दुई मिनेटपछि थाकेका थिए। 

जुन दिन नोराको शव बरामद भयो, त्यही साँझ उनको परिवारले शवको सनाखत गर्याे। 

मियाबले बिबिसीसँग कुरा गर्दै भनेकी थिइन्, ‘म वास्तवमै धेरै चिन्तित थिए कि यदि उनी आफै गएकी हुन् भने आफूलाई चाडै गम्भीर रूपले नोक्सान पुर्याउने छिन्।’ 

अन्ततः बिटिस दूतावासले यस घटनाको अनुसन्धान चाडै गर्न स्थानीय प्रहरीलाई आग्रह गरेको थियो। 

परिवारले खुला भएको झ्यालबारे प्रहरीलाई ध्यानाकर्षण गरायो। साथै रातमा नोरा सुतेपछि आफैले झ्याल बन्द गरेको बतायो। 


मियाब तथा सेबेस्टियन बचाव दलको साथमा। तस्बिर : रोयल मलेसिया पुलिस। 

एक प्रहरी अधिकारीले अनुसन्धानका क्रममा भनेका छन् कि झ्याल यति खुलेको थियो कि जसबाट एक वयस्क मानिस भित्र आउन सक्थ्यो। 

डुसुन रिसोर्टकी सञ्चालक हेलेन टोडले अनुसन्धानका क्रममा भनेकी थिइन् कि उनी ३० वर्षभन्दा बढी समयदेखि यो रिसोर्ट चलाइरहेकी छन्। त्यस क्रममा कहिले पनि कुनै प्रकारको चोरी र घुसपैठ नभएको उनको भनाइ छ। 


अनुसन्धानको सुरुवातमा मलेसियाको प्रहरी योजना बनाउँदै। तस्बिर : एएफपी। 

टोड यो मान्छिन् कि रिसोर्टको पर्खालको एक हिस्सा लडेको थियो। तैपनि पर्खालमा उक्लेर मात्रै पार गर्नु पथ्र्याे। 

मियाब भने नोरा कमजोर भएको र उनलाई हिँडडुल गर्न समस्या हुने तथा चाडै थाक्ने बताउँछिन्। 

मियाबको भनाइप्रति नोराको स्कुलका हेड टिचर (प्रिन्सिपल) माइलक रिब्स पनि समर्थन गर्छन्। उनी भन्छन् कि नोरालाई आफै हिँडेर जान सक्ने आत्मविश्वास थिएन। 

माइकल रिब्स भन्छन्, ‘शारीरिक रूपमा नोरा स्कुलमा सन्तुलन बनाउन नसक्ने समस्याका कारण सबैभन्दा कमजोर छात्रा थिइन्। उनी डगमगाएर हिँड्थिन्। उनमा आफै हिँडेर जाने आत्मविश्वास थिएन। उनका लागि कुनै पर्खाल नाघ्ने कुरा सोच्नु अकल्पनीय हो। उनी एक फिटसम्म त उक्लिन सक्थिन्। तर, त्योभन्दा बढी अग्लो त कुनै हालतमा पनि नाई।’

नोराको तस्बिर आइरल्याण्ड, फ्रान्स तथा ब्रिटेनको इन्टरपोललाई इमेल गरेर पठाइएको थियो। यसका अलावा उनको फिंगर प्रिन्ट तथा मेडिकल रिपोर्ट पनि मगाइएको थियो। यो परिवार जुन दिन क्वालालम्पुर पुगेको थियो। त्यो दिनको पनि सिसिटिभी फुटेज भगाइएको थियो। 


होटलभन्दा साढे दुई मिल टाढाको क्षेत्रमा नोराको खोजी गर्दै प्रहरी। तस्बिर : इपिए।

फुटेजमा नोरा कसैको सहाराबिना हिँडिरहेको स्पष्ट देखिएको तथा आफ्नो सुटकेस पनि आफै लिएर गइरहेको प्रहरीले बताएको थियो। 

यस आधारमा प्रहरी अधिकारी मोहम्मद नूर मार्जुकी बेसारले बताएका थिए कि प्रहरीले यो मान्यो कि नोराका लागि ‘पहाडतर्फ उक्लिनु’ सम्भव थियो। 
नोरा गायब भएको दिन जति–जति बित्दै गयो, त्यति–त्यति उनको खोजी तीव्र हुँदै गयो। 

मियाबको रेकर्डेड आवाज जंगलमा सधैं बज्थ्यो। तर, यो केही काम लागेन। 

बगिरहेको पानीको धारानजिकै मुख तलपट्टि फर्किएको अवस्थामा नोराको नग्न शव स्वयंसेवक चांग युई फाटले भेटाएका थिए। उनको हात र खुट्टा पानीमा डुबेको थियो। 

चांगले आफूलाई अधिकारीसँगै त्यहाँ पुग्न घन्टौं कुर्नुपरेको बताए। उनले अनुसन्धानका क्रममा भने, ‘हामीलाई आफ्नो दलको सबै सदस्यलाई शव नजिक जान रोक लगाएका थियौं। किनकि सबुतसँग छेडछाड होला भन्ने हामीलाई डर थियो। अधिकारी नआउन्जेलसम्म हामी पर्खियौं।’


मलेसियाको प्रहरीले नोराको खोजीमा परिचालन गरिएको हेलिकोप्टर। तस्बिर : इपिए।

नोराको शवलाई हेलिकोप्टरबाट तुआंकु जाफर अस्पतालमा लगिएको थियो। त्यहाँ उनका आमाबुबाले औपचारिकरूपमा उनको सनाखत गरेका थिए। 

त्यसपछि अनुसन्धान पोस्टमार्टम रिपोर्टको परिणाममा रोकियो। पोस्टमार्टम रिपोर्टबाट थाहा भयो किन उनको मृत्यु शव मिलेको दिनभन्दा तीन दिनअघि नै भइसकेको थियो। 

पछि क्वालालम्पुर तथा लन्डन दुवै ठाउँमा उनको पोस्टमार्टम गरिएको थियो। 

दुवै रिपोर्टमा यही निष्कर्ष निस्केको थियो कि नोराको मृत्यु भोकै रहेका कारण माथिल्लो आन्द्रामा रक्तस्राव हुँदा भएको हो। 

यद्यपि, दुवै प्याथोलोजी टिमले यो कुराको पुष्टि गर्याे कि नोरामाथि कुनै प्रकारको शारीरिक हिंसा वा बलात्कार भएको होइन। तर, सामान्य रूपको उत्पीडनको सम्भावनालाई पूर्णरूपले नकार्न सकिँदैन। 

हराएका मानिसको बारेमा विशेषज्ञता हासिल गरेका सिनियर ब्रिटिस प्याथोलोजिस्ट डा. नैथेनियल कैरी भन्छन् कि नोरा लगातार घना जंगलमा घुमेकाले उनको शरीर, खुट्टा, खुट्टाको पन्जा कोतरिएको थियो। 

नोराको शव भेट्नुभन्दा पाँच दिनअघि खोजीमा संलग्न दलले त्यो क्षेत्रमा पनि खोजी गरेको थियो। 

प्रहरीले बताएको थियो कि खोजको सुरुवाती चरणमा नोरा जीवित थिइन् साथै उनी जंगलमा हिँडिरहेकी थिइन्। 

नोराका आमाबुबाले उनको (नोरा) अन्डरवियर कहाँ छ प्रश्न गरेपछि एक पटक पुनः त्यही क्षेत्रबाट अनुसन्धान गरिएको थियो। 

उनका आमाबुबाको भनाइ थियो कि जब उनी (नोरा) सुत्न गएकी थिइन् तब उनले अन्डरवियर लगाएकी थिइन्। तर, कयौं पटक खोजी गर्दा पनि नोराको कपडा जंगलमा भेटिएन। 

जहाँ यो परिवार बसेको थियो त्यहीबाट डिएनएको नमुना संकलन गरिएको थियो। 

यसका अलावा जहाँ नोराको शव भेटिएको थियो त्यहाँ नजिक रहेको एक काठको झुपडी  तथा नौ वटा कारबाट पनि डिएनएको नमुना संकलन गरिएको थियो। 


यात्रुलाई नोराको पोस्टर दिँदै प्रहरी। तस्बिर : गेट्टी इमेज। 

तर, नोराको डिएनए न नौ कारसँग मिल्यो न त काठको झुपडीमै। यद्यपि, दुई अज्ञात व्यक्तिको डिएनए झुपडीमा जलेको चुरोटमा भेटिएको थियो। यो अनुसन्धानमा उठेका प्रश्नमध्ये एक हो, जसको जवाफ अहिलेसम्म पाइएको छैन। 

नोराको परिवार आफ्नो छोरी हराउनुमा जोडिएको रहस्यको साँचो कुरा जान्न चाहान्छ। साथै यसमा कोही जिम्मेवार भए उसलाई सजाय मिलोस् भन्ने परिवारको चाहना छ। 

नोराको परिवारका वकिल लुइस आजमी भन्छन् कि नोरामाथि जे भयो, त्यसबारे कति प्रकारका सबूतलाई त्यत्तिकै छोडियो। साथै एक खुला फैसला सुनाइयो।यसले नोराको मृत्युमा कुनै अपराधिक तत्वको आशंका सिधै नकारिदियो। 

उनी भन्छन्, ‘परिवारलाई अहिलेसम्म यो कुराको यकिन छ कि नोराका लागि आफ्नो इच्छाले जंगल जान असम्भव छ।’

बिबिसी

पुष २६, २०७७ आइतबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।