साझाका अध्यक्ष मिश्र र प्रमका प्रमुख सल्लाहकार रिमालको ट्वीट वार

साझाका अध्यक्ष मिश्र र प्रमका प्रमुख सल्लाहकार रिमालको ट्वीट वार

मिश्रले शनिवार बेलुका ट्विट गरे 'कस्तो समय आयो पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डै काण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौँ जम्मा हुने। महा भ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौँ सरिक हुने।अब अति भो।'

उनको ट्विट आएको आधा घण्टापछि रिमालले अति भो भन्दै ट्विट गरे 'सीमामा बस्नुस् रवीन्द्र जी, तपाईँको यो ट्विट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहिँ भनूँ मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।'

तर रिमाललाई प्रतिवाद फापेन। अधिकांश उनको विपक्षमा उभिए। 

तीमध्ये भोजराज न्यौपानेले लेखे ' महाराज रिमालज्यू ! नागरिकहरू मौसुफहरूको विरुद्ध बोल्न लागे , सबैको थुतुनो सिलाउने त होला ? हैन सरकार ? जो हुकुम !रिमालका समर्थनमा नि केही आए 

केही समयमा मिश्रले पनि जवाफ फर्काए

प्रिय @BishnuRimal जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा "सीमामा बस्नुस्" भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र।

पुष २५, २०७७ शनिबार २२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।