संसद् विघटनविरुद्ध पुस २८ मा नागरिक सभा हुने
आन्दोलन कोतर्फबाट जारी विज्ञप्तिमा उल्लेख भए अनुसार नागरिक सभालाई नागरिक अगुवा कृष्ण पहाडी, नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तार विरोधी सङ्घर्षका अभियन्ता विद्या श्रेष्ठ, नागरिक अभियन्ता डा. मुक्तसिं तामाङ, सिएन थारु लगायतले सम्बोधन गर्दै छन्।
अगुवाहरूले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतो र असंवैधानिक ‘आदेश’को भरमा भएको प्रतिनिधि सभा विघटनलाई प्रतिगमनको उच्चतम रूप भएको निष्कर्ष निकाल्दै सङ्कटबाट मुलुकलाई तत्काल राहत दिएर स्वाभाविक गतिमा अघि बढाउन सर्वोच्च अदालतको भूमिका अहम् देखिएका उल्लेख गरेका छन्।
नागरिक अगुवाहरूले संविधानको अक्षरशः पालना हुने गरी असंवैधानिक कदम सच्याउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन्।
पुष २५, २०७७ शनिबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।