ओलीको समर्थनमा धोती जुलुस : आज होइन भोलिलाई, १० वर्ष ओलीलाई

ओलीको समर्थनमा धोती जुलुस : आज होइन भोलिलाई, १० वर्ष ओलीलाई

ओलीले गरेको प्रतिनिधिसभा विघटनको समर्थन गर्दै नेकपा ओली समूहको युवा संघको आयोजनामा धोती जुलुस निकालिएको हो ।

जुलुसमा सहभागीले धोती, कुर्ता र गम्छा लगाएर ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ , ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान बा’ भन्ने नारा लगाएका थिए।

जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो। र्यालीमा सहभागी हुन महोत्तरी, सर्लाही लगायतका जिल्लाबाट शुक्रबार नै मानिसहरु काठमाडौं आएका थिए।

उनीहरुले प्रधानमन्त्रीको समर्थनमा युवा संघको झण्डा बोकेर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म धोती जुलुस प्रदर्शन गरेका थिए। प्रदर्शनले काठमाडौंको सवारी आवागमनसमेत प्रभावित भएको छ।

बबरमहलबाट निस्किएको जुलुस माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानको भवन पुगेको छ। त्यहाँ भएको सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन्। 

पुष २५, २०७७ शनिबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।