निर्मलालाई न्याय माग्दा पक्राउ गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरित : देउवा

निर्मलालाई न्याय माग्दा पक्राउ गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरित : देउवा

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गरेको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

सभापति देउवाले शुक्रबार साँझ ट्वीट गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका युवालाई पक्राउ गर्नु निन्दनीय कार्य भएको बताएका छन्।

उक्त घटना लोकतान्त्रिक मूल्यरमान्यता विपरीत भएको भन्दै देउवाले युवाहरुलाई पक्राउ गर्नेलाई कारबाहीको मागसमेत गरेका छन्।

प्रहरीले उनीहरुलाई सभास्थलबाट २ बजे नियन्त्रणमा लिएको थियो। प्रधानमन्त्री ओली काठमाडौं फर्केपछि साँझ पाँच बजेमात्र उनीहरुलाई रिहा गरिएको छ।

प्रहरीले यस्तो टिर्सट लगाएका सात जना युवालाई पक्राउ गरेको थियो। कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। सरकारले उनका हत्यारालाई अहिले सम्म पत्ता लगाउन सकेको छैन।

पुष २४, २०७७ शुक्रबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।