गाडीमा विद्यार्थी सहुलियत नदिएको भन्दै प्रहरीको ध्यानाकर्षण
नेपाल विद्यार्थी संघ त्रिचन्द्र इकाई समितिले बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाध्याकर्षण गराएको हो। विद्यार्थीको टोलीले प्रहरी उपरीक्षक श्यामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको नेविसंघका नेता गोविन्द कोइरालाले जानकारी दिए।
लकडाउन खुलेपश्चात सवारी साधनले दिनुपर्ने छुट नदिएको विद्यार्थीले गुनासो गरेका छन्। ‘गाडीहरु पुरानै अवस्थामा जस्तै चल्न थालेका छन्’ कोइरालाले भने,‘विद्यार्थीले नियमअनुसार पाउने भाडामा छुट नदिएको प्रहरीले पनि स्वीकार गरेको छ।’
एसपी अधिकारीले देशैभरका ट्राफिक अधिकारीहरुलाई भाडा छुटको निर्णय कार्यान्वयन भए नभएको बारे अनुगमन गर्न निर्देशन दिएका थिए।
पुष २३, २०७७ बिहीबार १६:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।