उपकुलपतिको आवेदन मन्त्रीको इमेलमा, छनोट समितिका सदस्य मौन

उपकुलपतिको आवेदन मन्त्रीको इमेलमा, छनोट समितिका सदस्य मौन

माघ ७ मा उपकुलपति डा राम कण्ठ माकजु श्रेष्ठको कार्यकाल सकिँदैछ।  नयाँ उपकुलपतिको नियुक्ति लागि शिक्षा मन्त्रीको संयोजकत्वमा पूर्व उपकुलपति सुरेशराज शर्मा र दमननाथ ढुङ्गाना सदस्य रहेको छनौट समिति बनेको थियो। 

शिक्षामन्त्रीको अवैध रहर : उपकुलपतिको आवेदन व्यक्तिगत इमेलमा

मङ्गलवार शिक्षा मन्त्रालयले सूचना निकालेर इच्छुकले मन्त्री श्रेष्ठको व्यक्तिगत इमेल ठेगानामा विवरण पठाउन भनिएको छ।

सरकारी कामलाई व्यक्तिगत झैँ गरेर मन्त्रीको इमेलमा आवेदन माग गर्नु जायज हो र भन्ने जिज्ञासामा समितिका सदस्य दमननाथ ढुङ्गानाले भने ‘छनोट समितिकै सदस्य भएकाले यसबारे मैले केही भन्न मिल्दैन ।’ 

उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी बनाउन माग

उकेराले अर्का सदस्य तथा केयूका पूर्व उपकुलपति सुरेशराज शर्मासँग समेत सम्पर्क गर्ने कोसिस गरे पनि सम्पर्क हुन सकेन।

सार्वजनिक सूचनामा व्यक्तिगत इमेल ठेगाना प्रयोग गर्न नपाउने नियम छ। तर, यस विपरीत छनौट समिति संयोजक समेत रहेका मन्त्रीको व्यक्तिगत इमेल प्रयोग गरिएपछि चौतर्फी आलोचना भइरहेकको छ। 

 

पुष २३, २०७७ बिहीबार १४:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।