बालिका र किशोरी बलात्कारको आरोपमा दुई जना पक्राउ

बालिका र किशोरी बलात्कारको आरोपमा दुई जना पक्राउ

काभ्रेमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ परेका छन्।

पाँचखाल नगरपालिका–१२ बालुवा बस्ने ५४ वर्षीय प्रेम लामालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

यस्तै १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा भिरकोट नगरपालिका–५ घर भई सोही नगरपालिका–६ एक्वार बस्ने १९ वर्षीय आशिष थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

किशोरीलाई बिवाह गर्छु भनि ललाईफकाई विभिन्न प्रलोभनमा पारी शनिबार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। 
घटनाको सम्बन्धमा जिल्ला अदालत स्याङ्जाबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
 

पुष २३, २०७७ बिहीबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।