लायन्स क्लब अफ काठमाडौंले तोड्यो विश्व रेकर्ड 

लायन्स क्लब अफ काठमाडौंले तोड्यो विश्व रेकर्ड 

ललितपुर : लायन्स क्लब अफ काठमाडौं युनिफाइड नेसन ३२५ बि २ ले विश्व रेकर्ड कायम गरेको छ। 
 

क्लवले सवैभन्दा बढि क्लव गठन गरेर रेकर्ड कायम गरेको हो। क्लवका एरिया वान चिफ कोअर्डिनेटर अमरज्योती रञ्जितका अनुसार ३२५ बि २ ले विश्वमा लाएन्स स्थापनाको एक सय ४ वर्षको इतिहासमा सबैभन्दा बढि एक सय २० समुह गठन गरेर विश्व रेकर्ड कायम गरेको हो।

मंगलबार जावलाखेलमा आयोजित ‘चार्टर नाइट सेलेब्रेसन तथा प्रमाणपत्र वितरण कार्यक्रम’ मा उक्त कुरा जानकारी गराईएको हो। 

३२५ बि २ का आईपिडिजी अनुप कुमार पहरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट कोअर्डिनेटर कुश मल्ली थिए।

एरिया वानका चिफ कोअर्डिनेटर अमरज्योती रञ्जित विशेष अतिथि तथा क्लबको गाइडिङ अनिल श्रेष्ठ, रिजन चेयरपर्सन प्रदीप बहादुर गुभाजु, स्पोन्सर क्लब लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका प्रेसिडेन्ट लायन विद्या गुभाजु, भाइस प्रेसिडेन्ट रोशन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रममा पुरुषोत्तम बस्नेतको सभापतित्वमा गठित क्लबका सदस्यहरुलाई चार्टर सर्टिफिकेट र पिन हस्तान्तरण गरिएको थियो। 

क्लवमा उपसभापति अमर अधिकारी, सचिव अनित पाण्डे, कोषाध्यक्ष मिलन चन्द्र महत छन् भने उज्वल कर्माचार्य, उमेश कुमार पाण्डे, सुरेन्द्र चौधरी, सन्दिपध्वज खड्का, सन्तोष बर्तौला, नवराज वाग्ले, रेनु रानामगर, निरज बाँस्कोटा, धिरेन्द्र श्रेष्ठ, धुर्व बर्ताैला खत्री, सुरज बराल, बिबेक बर्तौला, प्रद्युम्न ढुंगेल, सन्तोष कुँवरी, बसन्त श्रेष्ठ, सुदिप कोइराला, पुस्तक प्रसाद गौतम, प्रलिता रानामगर सदस्य छन्। 

कार्यक्रममा प्रमुख अतिथि पहरीले लायन्स क्लब नेतृत्व विकास, व्यापार व्यवसाय प्रवद्र्धन, अनुभव आदानप्रदान तथा साटासाट गर्ने थलो भएको बताए।

एरिया वानका चिफ कोअर्डिनेटर अमरज्योती रञ्जितले लायन्स क्लब सेवाभावले स्थापित संस्था भएको बताउँदै लायनहरु जुनसुकै ठाउँमा इज्जतका साथ जान सक्ने बताए। त्यस्तै डिष्ट्रिक्ट कोअर्डिनेटर मल्लीले क्लबभित्र व्यापक छलफल गरेर आएको कार्यक्रमले पूर्णता पाउने बताए। 
 

पुष २२, २०७७ बुधबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।