किशोरीको बलात्कारको आरोपमा २५ वर्षीय युवा पक्राउ 

किशोरीको बलात्कारको आरोपमा २५ वर्षीय युवा पक्राउ 

बर्दिया  : १७ बर्सिया किशोरीको बलात्कार गरेको आरोपमा २५ वर्षीय राम कुमार चौधरी पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपीले गत आइतबार राति किशोरीको घरमा गएर बलात्कार गरेको आरोप छ। 

बलात्कारको सूचना पाएपछि उनको खोजीमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गरेको हो।

यसैगरी, सुनसरी मा २१ बर्सिया युवतीलाई बलात्कार गरेको आरोपमा इटहरी उपमहानगरपालिका ११ बस्ने ४० वर्षीय काशीराम चौधरी पक्राउ परेका छन्। 

आरोपीले सोमबार बेलुका ती युवतीलाई बलात्कार गरेको सूचना आएपछि प्रहरीले पक्राउ गरेको हो।

घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय इँटहरिबाट खटिएको टोलीले चिन्तन चौतारी नजिक पक्राउ गरेको थियो । 

 

पुष २२, २०७७ बुधबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।