सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

सप्तरी :  नेपाली सेनाको ट्रकले मोटर साइकललार्ई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। बुधवार बिहान सप्तरीको रूपनी चोकमा सेनाको ट्रकले ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार रुपनी चोकमा  अदली बदली गर्नका लागी सूर्य दल गण विराटनगरबाट भैरव दल गण ललितपुरको लागी ३२ जना सैनिकलाई लिएर हिँडेको बा १ ग १९८१ नम्बरको सेनाको वान टन गाडिले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

ट्रकको ठक्करबाट मोटरसाइकल चालक चौधरी  घाइते भएपछि उनलाई उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको थियो। प्रहरीले सेनाको ट्रकको चालक मनिष राज राईलाई नियन्त्रणमा लिएको छ।

 

पुष २२, २०७७ बुधबार १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।