संविधानको धारा खोज्न दिउँसै लालटिन बालेर निस्किए योगेश

संविधानको धारा खोज्न दिउँसै लालटिन बालेर निस्किए योगेश

काठमाडौँ : प्रतिनिधि सभा विघटन गर्ने निर्णय अवैधानिक भएको भन्दै नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल निकट अनेरास्ववियुको समूह आन्दोलनमा उत्रिएको छ। संसद् पूर्नस्थापनाका लागि दबाब दिन उनीहरूले बुधवार लालटिन जुलुस प्रदर्शन गरे।

लालटिन जुलुसमा संसद् विघटन अगाडि नेकपाका अध्यक्ष केपी ओलीको मन्त्रिपरिषद्मा मन्त्री रहेका योगेश भट्टराई पनि सहभागी थिए। दाहाल–नेपाल समूहमा लागेका अनेरास्ववियुका सहसंयोजक रञ्जित तामागंले प्रदर्शनको नेतृत्व गरेका थिए। उनी पूर्व माओवादीका हुन्। 

प्रदर्शनमा सहभागीहरूले ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद् विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानर बोकेका थिए।

 

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँबानेश्वरसम्म आएर कोणसभामा बदलिएको थियो।

 

पुष २२, २०७७ बुधबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।