संसद विघटनविरुद्ध दायर रिटमा आजदेखि नियमित सुनुवाइ हुदै
काठमाडौं : संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजदेखि नियमित सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाइ हुने भएको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्टपतिले गरेको संसद विघटनको निर्णय असंवैधानिक भन्दै दर्जन बढी रिट परेमा छन्। पुस ५ गते संसद विघटनको निर्णय भएको थियो। उक्त रिटमाथि पुस १० गते संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजबाट नियमित सुनुवाइ गर्ने निर्णय गरेको थियो।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले सो मुद्दा संवैधानिक इजलासमा पठाएका थिए। संवैधानिक इजलासले सो मुद्दामा एमिकस क्युरीसमेत झिकाएको छ। संसद विघटनको कारणबारे सर्वोच्चले यसअघि प्रधानमन्त्री, राष्टपति र सभामुखसग लिखित जवाफ मागेको थियो। राष्टपति र प्रधानमन्त्रीले संसद विघटन संविधान अनुसार भएको जवाफ दिएका छन् भने सभामुखले प्रधानमन्त्रीलाईसंसद विघटनको अधिकार नभएको जवाफ पठाएका छन्।
पुष २२, २०७७ बुधबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।