स्वास्थ्य मन्त्रालयको आग्रह: घर बाहिर व्यायाम गर्न केही दिन रोकौँ
काठमाडौँ: अत्यधिक बायु प्रदूषण भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच बुँदे अपिल जारी गर्दै बिहान हिँड्ने वा घर बाहिर व्यायाम गर्ने बानी छ भने केही दिन रोक्न आग्रह गरेको छ।
मन्त्रालयले विज्ञप्ति निकाल्दै अत्यधिक वायु प्रदूषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै पाँच बुँदे अपिल जारी गरेको हो ।
यस्तो छ पाँच बुँदे अपिल
-‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौँ।
-फोहोरको व्यवस्थापन गरौँ तर नजलाऊँ । कसैले जलाइरहेको छ भने यस्तो गर्न निरुत्साहित गरौँ ।
-घर बाहिर ननिस्कौँ। निस्कनै परे मास्कको अनिवार्य प्रयोग गरौँ।
-धुँवा, धुलो उड्ने खालका पेसा व्यवसाय छ भने केही दिनलाई रोकौँ।
-अत्यावश्यक नभई सवारीसाधन नचलाऊँ
पुष २१, २०७७ मंगलबार २१:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।