युकेबाट नेपाल आएकालाई १० दिन क्वारेन्टिनमा बस्न अपिल 

युकेबाट नेपाल आएकालाई १० दिन क्वारेन्टिनमा बस्न अपिल 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै पुस १ देखि ७ गतेसम्म उक्त मुलुकबाट वा मुलुक भएर नेपाल आएकालाई अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको हो।

साथै मन्त्रालयले नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गर्न पनि आग्रह गरेको छ। 

ती व्यक्तिहरूको निःशुल्क परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित स्वास्थ्य संस्थालाई सूचित गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यसअघि युकेमा कडा खालको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको भन्दै सरकारले त्यहाँबाट नेपाल प्रवेशमा कडाइ गरेको थियो।

पुष ८, २०७७ बुधबार १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।