प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँछौं : प्रचण्ड

प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँछौं : प्रचण्ड

दाहाल–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। बानेश्वरमा आज दिउँसो बसेको उक्त समूहको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेता चुनेको थियो। 

उक्त बैठकमा ११७ जना सांसद् उपस्थित रहेको दाबी गरिएको छ। बैठकमा प्रतिनिधिसभाका ९३ र राष्ट्रिय सभाका २४ सांसद् रहेको बताइएको छ। 

नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन्। 

यसअघि गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरि आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेकी थिइन्। 

उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गर्दै दाहाल–नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको हो। यसअघि हिजो बसेको उक्त समूहको बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो। 

पुष ८, २०७७ बुधबार १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।