सोमबार २३ चैत, २०८२
दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल चुनिए
बुधबार बसेको संसदीय दलको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो।
नयाँवानेश्वरस्थित संसद भवन परिसरमा चलिरहेको बैठकमा माधव कुमार नेपालको प्रस्तावमा पुष्पकमल संसदीय दलको नेता चुनिएको सांसद दीपकप्रसाद भट्टले जानकारी दिए।
दाहाल–नेपाल पक्षका सांसदहरुको सो बैठक सोमबारकै निरन्तरता हो। नेकपाकी सांसद रामकुमारी झाँक्रीले दलको बैठकमा ९० भन्दा बढी सांसद उपस्थित भएको दाबी गरिन्।
पुष ८, २०७७ बुधबार १५:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।