संसद विघटन सम्बन्धी रिट संवैधानिक इजलाशमा 

संसद विघटन सम्बन्धी रिट संवैधानिक इजलाशमा 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले बुधबार संसद विघटन सम्बन्धी परेका एक दर्जन रिटहरुमाथि सुनुवाइ गर्दै शुक्रबार गठन हुने संवैधानिक इजलाशमा पठाउने आदेश गरेको हो।

एक थान मुद्दा भने यसअघि नै संवैधानिक इजलाशमा दर्ता भएको छ।

राणाले संसद विघटन सम्बन्धी विवाद गम्भीर संवैधानिक व्याख्या गर्न आवश्यक भएको भन्दै संवैधानिक इजलाशमा पठाएका हुन्।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा सहित अन्य चार जना न्यायाधीश हुनेछन्। अहिले संवैधानिक इजलाशमा १० न्यायाधीशको रोस्टर रहेको छ। राणाले तीमध्येका चार न्यायाधीश सुनुवाइका लागि छान्नेछन्।

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
संसद विघटन गैरसंबैधानिक कार्य भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन्।

पुष ८, २०७७ बुधबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।