कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
संसद् विघटनपछिको राजनीतिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा बनाउन मंगलबार सुरू भएको बैठक आज पनि जारी रहने कांग्रेसले जनाएको छ।
ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक आज दिउँसो १ बजे सुरू हुने छ।
यसअघि हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नेताहरू महेश आचार्य, एनपी साउद र डा. नारायण खड्काले आफ्नो धारणा राखेका थिए।
उनीहरूले संसद् विघटन असंवैधानिक भएको विचार व्यक्त गरेका थिए।
बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइने कांग्रेसले जनाएको छ। कांग्रेसमा ११७ जना केन्द्रीय सदस्य छन्।
मन्त्रिपरिषद्को सिफारिसमा गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरि आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्।
यो कदमको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल जनता समाजवादी पार्टी, नेपाललगायतका दलले विरोध जनाएका छन्।
यस्तै, उक्त कदमविरुद्ध सर्वाेच्च अदालतमा १२ रिट परेका छन्।
पुष ८, २०७७ बुधबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।