संसद् विघटनविरुद्धका १२ रिटको पेसी प्रधानन्यायाधीशको एकल इजलासमा
गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरि आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्।
उक्त कदम असंवैधानिक भएको भन्दै सर्वाेच्चमा १२ वटा रिट दायर भएका छन्। संसद् विघटन भएको भोलिपल्ट (सोमबार) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाटीको सहित १० वटा रिट परेको थियो। त्यसको भोलिपल्ट (मंगलबार) भने दुई वटा रिट दायर भएको थियो। तीमध्ये एक रिट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङसहित चार जनाले दर्ता गरेका थिए।
रिटहरुमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।
पुष ८, २०७७ बुधबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।