विराटनगरको होटेलमा फेला परेका भारतका तीन न्यायाधीश बर्खास्त
एजेन्सी : विराटनगरको होटेलको कोठामा केही महिलासहित आपत्तिजनक अवस्थामा फेला परेका भारतका तीन न्यायधीश बर्खास्त भएका छन्। भारतको विहारका ती न्यायधीश ६ वर्ष अगाडि विराटनगरको एक होटेलमा महिलासहित फेला परेका थिए।
प्रहरीले छापा मार्दा फेला परेका उनीहरू भारतका न्यायधीश हुन् भन्ने खुलेको थिएन। उनीहरूको नाम सार्वजनिक भएपछि मात्र उनीहरू विहारका न्यायधीश भएको खुलेको थियो।
बिबिसी हिन्दीका अनुसार सोमबार विहारको सामान्य प्रशासन विभागले उनीहरू बर्खास्त भएको सूचना जारी गरेको हो। बर्खास्त हुनेहरूमा हरि निवास गुप्ता, जितेन्दूनाथ सिंह र कोमल राम हुन्। बर्खास्तको निर्णय २०१४ फेब्रुअरी १२ बाट लागु हुने जनाइएको छ।
नेपालको होटेलमा फेला पर्दा गुप्ता परिवार न्यायालय, समस्तीपुरको प्रधानन्यायाधीश, सिंह अररयिाको अतिरिक्त जिल्ला न्यायधिष, र कोमल राम अररयिाको अतिरिक्त न्यायधिष सह मुख्य न्यायिक मजिस्ट्रेट थिए। उनीहरू नेपालमा पक्राउ परेको खुलेपछि पटनाको हाइकोर्टले जाँचको आदेश दिएको थियो।
अनुसन्धानमा उनीहरू दोषी ठहरिएपछि बर्खास्त गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।
पुष ७, २०७७ मंगलबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।